१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

कसैलाई अन्याय हुन दिदैनौँ: मन्त्री खरेल

स्मार्ट टेलिकम पीडितहरूले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि पहल गरी दिन आग्रह गरेका छन्  ।

उनीहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेट गरी आफ्ना समस्याहरू सहजीकरणका लागि आग्रह गरेका थिए । आफूहरू लामो समयदेखि पीडित रहेको भन्दै स्मार्ट पीडितले पहलका लागि अनुरोध गरेका छन् ।

सञ्चारमन्त्रीसँगको भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरूले पनि दिएको तर वर्षौं भाडा नतिर्दा टेलिकमबाट आफूहरू पीडित बनेको गुनासो गरेका थिए ।  

स्मार्ट पीडितहरूको समस्या सुनेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कसैलाई पनि अन्याय हुन नदिने बताए । उनले भने, ‘कसैलाई अन्याय हुन दिन्नौं, नियामक निकायसँग बुझेर के कसरी समस्या समाधान गर्न सकिन्छ पहलकदमी लिन्छौ । केही न केही राहत हुने खालको निर्णय लिन्छौँ ।’

स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले टेलिकमबाट आफूहरू पीडित भएको र बर्सौंसम्म समस्या सामाधन नभएपछि सञ्चारमन्त्री लाई भेट्नुपरेको बताए । 

प्रकाशित: १३ मंसिर २०८२ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App