६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हामी नेपाललाई आरोप लागेपछि सुदनको जुक्ति: डोनरको पैसा पीडितको हातमा पुगाउन वेबसाइट बनाउँदैछौं

हामी नेपालका संस्थापक सुदन गुरुङले जेन–जी आन्दोलनका मृतक परिवार र घाइतेका लागि दाताले दिने रकम आफूले हातमा नलिने बताएका छन्। हामी नेपाललाई विभिन्न आरोप लाग्न थालेपछि बिहीबार एक भिडिओ वक्तव्य जारी गर्दै सुदनले अहिलेसम्म आन्दोलनका नाममा आफूले एउटा पनि ‘फन्ड’ नलिएको दाबी गरे। तर ‘डोनर’हरूले आन्दोलनका मृतक र घाइते परिवारलाई राहत कसरी पठाउने भनेर सोधिरहेको उनले बताए। 

‘तर हामीले प्लिज हामीलाई पैसामा सहभागी नगराउनुस्, हामी चुक्दा पनि चुक्दैनौँ,’ भिडिओ उनले भनेका छन्,‘के छ भने अहिले केही नगर्दा त पार्टीका साइबर सेनाहरूले हामीहरूलाई विभाजन गर्न धेरै अफवाहहरू फैलाइरहेका छन् नि त। फेरि यो कुरा हुँदा अर्को प्वाइन्ट पाउँछन्। त्यहीँ भएर हामी पैसा नछुने भन्ने हिसाबले..।’ 

 तर, आफूले ‘डोनर’को सहयोग पीडितको हातमा पुगाउन नयाँ आइडिया सोचिरहेको सुदनले बताए। ‘के सोच्या छौँ एउटा आइडिया भन्दा–एउटा वेबसाइट हामी बनाउँदैछौं। त्यो वेबसाइटमा शहीद परिवार र घाइते परिवार सबैको लिस्ट र डिटेल त्यसमा राख्दिन्छौँ। डोनरहरूले डिरेक्ट्ली उहाँहरूलाई सम्पर्क गरेर सहयोग गर्न सक्नुहोस्,’ सुदनले भनेका छन्। 

त्यसका लागि घाइतेहरू सबैले आआफ्नो विस्तृत विवरण  आफूलाई पठाउन उनले आह्वान गरे। उनले भने, ‘हाम्रो गुगल लिङ्कमा आफ्नो डिटेल राख्दिनुहोला। अनि फोटो भिडिओ, कहाँ हुनुहुन्थ्यो? कसरी घाइते हुनुभयो? कसरी गोली लागेको हो? डक्टर रिपोर्टहरू प्लिज प्रोभाइड गरिदिनुहोला।’ डाटा संकलन भएपछि डोनरहरूलाई आफूले पनि कुरा गर्न सहज हुने उनले बताए। 

प्रकाशित: १६ आश्विन २०८२ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App