रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशुली नदीको कालीखोला जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले दिउँसो २:१४ बजे सूचना जारी गर्दै जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै, नदी करिडोर भएर यात्रा गर्नेहरूलाई समेत सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित: १० भाद्र २०८३ १४:३० बुधबार




-600x400.jpg)
