२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

प्रतिनिधिसभा सदस्यको निर्वाचन बिहीबार सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ। काठमाडौंको क्षेत्र नं-१ को मतगणना सहकारी विभागमा हुँदैछ।

त्यसैगरी क्षेत्र नं-२ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं-३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं-४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र क्षेत्र नं को-२ को ज्येष्ठ नागरिक कार्यालयमा गणना हुँदैछ।

क्षेत्र नं-५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नं-६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ।

क्षेत्र नं-७ को जुडो हल नयाँबजार, क्षेत्र नं-८ को जनउद्धार मावि हरिसिद्धी, काठमाडौं, क्षेत्र नं-९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नं-१० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदैछ।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App