सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्य मुलुकमा ट्रान्जिट यात्रा गर्दा लाग्ने अनिवार्य ट्रान्जिट भिसाको प्रावधान हटाएको छ। यो नियम नोभेम्बर १५ बाट लागू हुने भएको छ।
नेपाली महावाणिज्य दूतावास हङकङले निरन्तर कूटनीतिक पहल र अनुरोधपछि चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यो महत्वपूर्ण निर्णय गरेको जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १३:२१ शुक्रबार





