३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

भियतनामी उपराष्ट्रपति नेपाल आउँदै

फाइल तस्बिर

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउन लागेकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण गर्ने जनाएको छ । भियतनामको तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डलीय द्विपक्षीय वार्ता हुने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राससलाई जानकारी दिए ।

यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी यही भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ । रासस

प्रकाशित: ५ भाद्र २०८२ २३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App