कृष्णभीर पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने क्रममा परीक्षणका रूपमा सवारीसाधन पास गराइएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार काठमाडौं–चितवनतर्फबाट एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन परीक्षणका रूपमा पास गराइएको हो। त्यसैगरी, चितवन–काठमाडौं तर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको मन्त्रालयले जनाएको छ।
सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले सडक पूर्ण सञ्चालनमा आएपछि यातायात आवागमन थप सहज हुने जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८३ १७:४२ आइतबार





