२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

आजदेखि असनमा ‘भेहिकल फ्रि शनिबार’, गाडी प्रवेश निषेध

काठमाडौंको प्राचीन शहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि हरेक शनिबार ‘भेहिकल फ्रि असन’ अभियान लागू गरिएको छ। यसअन्तर्गत असन क्षेत्रमा शनिबारका दिन गाडी प्रवेश निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

महानगरका अनुसार कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म तथा महाबौद्धबाट असनसम्मको क्षेत्रमा सवारी साधन प्रवेश रोक लगाइएको छ। हरेक शनिबार असन क्षेत्रमा गाडी प्रवेश बन्द गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

काठमाडौं महानगरपालिका वडा नं. २७ कार्यालयको नेतृत्वमा स्थानीय क्लब, टोल सुधार समिति, गुठियार, सरोकारवाला तथा साझेदारहरूको सहभागितामा अभियानको शुरुआत गरिएको हो।

अब शनिबार असन पुग्नेहरूले आफ्नो सवारी साधन धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका स्थानमा पार्किङ गरेर पैदल यात्रा गर्दै असन पुग्नुपर्नेछ।

महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोलले यस अभियानले असन बजारको मौलिकता संरक्षण गर्न सहयोग पुग्ने, वायु प्रदूषण नियन्त्रण हुने तथा शहरी वातावरण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।  

 

प्रकाशित: ५ वैशाख २०८३ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App