३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

असनमा हरेक शनिबार ‘भेहिकल फ्री’ अभियान सुरु हुने

काठमाडौंको असन क्षेत्रको मौलिकता जोगाउने उद्देश्यले वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरिने भएको छ। ‘भेहिकल फ्री असन’ अभियान अन्तर्गत कमलाक्षी, भोटाहिटी र महाबौद्धबाट असन क्षेत्रसम्म गाडी चलाउन रोक लगाइनेछ।

काठमाडौं महानगरपालिकाको पहलमा सञ्चालन हुन लागेको यो कार्यक्रम एक हप्ता पछाडि सारेर लागू गर्न लागिएको हो। चैत २८ गतेदेखि नै प्रतिबन्ध लागु गर्ने तयारी महानगरको भएपनि कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले थप व्यवस्थित बनाउन भन्दै कार्यक्रमलाई एक हप्ता पछाडि सारेर वैशाख ५ गतेबाट कार्यान्वयन गर्ने निर्णय गरेको हो। अभियानले असनको सांस्कृतिक पहिचान संरक्षणसँगै व्यापार प्रवर्द्धन र प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।  

कार्यक्रमका क्रममा वैकल्पिक मार्गको व्यवस्था गरिनेछ भने क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गर्दै विभिन्न सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गरिने जनाइएको छ। साथै, सुरक्षालाई प्राथमिकतामा राख्दै महानगर प्रहरीको निगरानीमा कार्यक्रम सञ्चालन हुनेछ। 

प्रकाशित: २६ चैत्र २०८२ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App