प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसदले सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग भेट गरेका छन्।
सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरू पुगेका हुन्।
भेटमा कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भरतबहादुर खड्का भीष्मराज आङ्दाम्बे र योगेश गौचन, एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल सहभागी भएका थिए।
प्रकाशित: ३ वैशाख २०८३ १४:३५ बिहीबार





