२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

अपर तमोरको कामदार बस्ने ब्यारेकमा तोडफोड

ताप्लेजुङमा निर्माणाधीन २ सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजनाको कामदार बस्ने ब्यारेक तोडफोड भएको छ। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार कामदारहरू काम गर्न गएको बेला १०–१२ जनाको संख्यामा आएका मानिसहरूले कामदार बस्ने ब्यारेकमा तोडफोड गरेका हुन् । 

तोडफोडबाट ब्यारेकको १३ वटा झ्याल,६ वटा ढोका र १ थान हलोजेन बत्ती फुटेको प्रहरीले जनाएको छ । तोडफोड कसले ग¥यो भन्ने बिषयमा प्रहरीले केही खुलाएको छैन । प्रहरीले तोडफोड गर्नेहरू फरार रहेको र खोजी कार्य जारी रहेको जनाएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको प्रहरीले जनाएको छ । 

आयोजना बन्न नहुने भन्दै त्यहाँ लामो समयदेखि अपर तमोर हाइड्रोपावर प्रभावित संघर्षसमिति विभिन्न माग राख्दै आन्दोलनमा थियो । समितिले गत साउन ४ गते फुङलिङमा पत्रकार सम्मेलन गर्दै साउन ११ गतेसम्ममा हाइड्रोपावर र करिडोर परियोजनाका सवारी साधन,गाडी,मेसिन सहितका सामान फिर्ता लैजानुपर्ने सहितका ३ बुँदे माग राखेको थियो । घोषित कार्यक्रम माथि बल प्रयोग भएमा थप चरणबद्ध आन्दोलन गर्ने प्रभावित संघर्ष समितिको चेतावनी थियो। यो घटनामा कसमार्फत भयो भन्ने चाहिँ अहिलेसम्म पुष्टि भएको छैन ।

प्रकाशित: १६ श्रावण २०८२ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App