भक्तपुरमा अत्याधुनिक हतियार प्रयोग गरेर एक व्यक्तिले आत्महत्या गरेका छन्।
मध्यपुर ठिमी नगरपालिका ६ राईटोल बस्ने ४० वर्षीय सनिप चाम्लिङ राईले आफ्नै घरको कोठाभित्र आफैंलाई गोली हानेको भक्तपुर प्रहरीले जनाएको छ ।
सोमबार अपराह्न १५ः३४ बजेको समयमा चाम्लिङलेआफ्नै घरको कोठामा ढोकामा चुकुल लगाई आफूले आफैलाई कालो रंगको जीएस५ जर्मेन (GS5 German) लेखेको बन्दुकबाट कञ्चटमा गोली हानेका थिए ।
उनको घटनास्थलमा नै मृत्यु भएको र घटनाबारे अनुसन्धान सुरु भएको भक्तपुर प्रहरीको भनाइ छ । चाम्लिङ अविवाहित थिए ।
प्रकाशित: २१ पुस २०८२ १६:४० सोमबार





