२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

नेपाल भ्रमणमा रहेका अमेरिकी विशेष दूत गोरले वरिष्ठ अधिकारी र व्यवसायीसँग भेट्ने

फाइल तस्बिर

अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल भ्रमणका क्रममा बिहीबार साँझ काठमाडौं आइपुगेका छन्।

भ्रमणका क्रममा उनले नेपाल सरकारका वरिष्ठ अधिकारी र व्यावसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोर राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिन्छन्। यसअघि दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूरले पनि नेपाल भ्रमणमा आएका थिए। त्यसलगत्तै भएको गोरको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

गत १० चैतमा गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच टेलिफोन संवाद भएको थियो। कुराकानीमा उनले निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिनुका साथै नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा समेत कुराकानी गरेका थिए। 

कुराकानीबारे जानकारी गराउँदै दूतावासले भनेको थियो, ‘दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चैत्र १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिनुभएको छ। अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ।’ 

प्रकाशित: १८ वैशाख २०८३ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App