१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

‘ल्याण्डफोर्स टक’का लागि काठमाडौंमा अमेरिकी सेनाको टोली

अमेरिकी सेनाको उच्चस्तरीय टोली काठमाडौं आएको छ। नेपाली सेना र अमेरिकी सेनाबिच हुने ‘ल्याण्डफोर्स टक’का लागि अमेरिकी सेना मंगलबार साँझ काठमाडौं आएको हो। ‘ल्याण्डफोर्स टक’को छैटौं संस्करण आजदेखि काठमाडौंमा हुँदैछ। यो संस्करण शुक्रबारसम्म चल्ने नेपाली सेनाले जनाएको छ।

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय टोली सहभागी हुनेछ। टोलीको अन्य दुई सदस्यमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना छन्। नेपाली सेनाको तर्फबाट उपरथी पवन घिमिरेले नेतृत्व गर्नेछन्। जसमा परराष्ट्र, रक्षा तथा अर्थ मन्त्रालयका सहसचिव तथा उपसचिवस्तरका अधिकारीहरूको समेत सहभागी हुँदैछन्।

जेनजी आन्दोलनपछि पहिलोपटक अमेरिकी सेनासँग प्रत्यक्ष द्विपक्षीय सैन्य संवाद हुन लागेको हो। दुवै देशका सेनाबिच अनुभव आदान–प्रदान, मानवीय सहयोग तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

२०७५ सालदेखि नेपाल–अमेरिका सेनाबिच सुरु भएको ल्याण्ड फोर्स टक तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा सुरु भएको थियो। ल्याण्ड फोर्स टक हरेक वर्ष नेपाल र अमेरिकामा पालैपालो आयोजना हुँदै आएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App