२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

अपडेट : दुर्घटनामा ज्यान गुमाएका चारै जनाको परिचय खुल्यो

पर्वतबाट अर्घाखाँची गएको बस दुर्घटनामा हुँदा ज्यान गुमाएका चारै जनाको पहिचान खुलेको छ ।  

दुर्घटनामा कास्कीकी ७८ बर्षीया राममाया बस्नेत र विन्दु कुँवर तथा पर्वतकी ५० बर्षीया कौशिला रेग्मी र ४५ बर्षीय बस चालक रमेश जिसीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दिवस बहादुर जिसीले जानकारी दिए । उनका अनुसार घाइते २७ जनाको अर्घाखाँची अस्पताल र तानसेनमा उपचार भइरहेको छ ।

मंगलबार पाणिनि गाउँपालिका–८ दुर्गाफाँट कुडेलेमा ध १ ख ५०४ नम्बरको बस दुर्घटना भएको थियो । 

प्रकाशित: २९ वैशाख २०८३ १८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App