९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

अपडेट: बाढी पहिरोले इलाममा मात्र ३७ जनाको मृत्यु

दुई दिनदेखि परेको वर्षासँगैको बाढी पहिरोले इलाममा सबैभन्दा धेरै मानवीय क्षति भएको छ।  

यो समाचार तयार पार्दासम्म इलामका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर ३७ जनाले ज्यान गुमाएका छन् ।  

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएको जानकारी अनुसार अहिलेसम्म ३७ जनाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन् ।  

घटनामा परी सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा पाँच जनाको ज्यान गएको छ । इलाम नगरपालिका-६, घोसमा ६ जनाको मृत्यु भएको छ । इलाम नगरपालिकाकै बालनगाउँमा एक जना बेपत्ता छन् ।  

त्यस्तै सन्दकपुर गाउँपालिकामा ४ को मृत्यु भएको छ । माङ्सेबुङ गाउँपालिकामा तीन जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।  

बाढी पहिरोमा परी देउमाई नगरपालिकामा ८ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिकामा आठको मृत्यु भएको छ । त्यस्तै फाकफोकथुम गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।  

जिल्लाका धेरै ठाउँमा पहिरो गएकाले धेरै क्षति भएको प्रमुख जिल्ला अधिकारी नेपाल बताइन् । विपद्को यो समयमा उद्धारको कार्य जारी रहेको बताउँदै उनले क्षतिको विवरण आउने क्रम पनि रहेको बताइन ।  

यसैबीच भारतको दार्जिलिङमा पहिरोमा परेर इलाम सूर्योदय नगरपालिका-९ का ३३ वर्षीया सत्मा लामाको ज्यान गएको छ । लामा दशैं मनाउन माइत मिरिक गएको बेला पहिरोमा परेकी हुन् ।

 

प्रकाशित: १९ आश्विन २०८२ १४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App