४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

अपडेटः काभ्रे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुग्यो

घाइते तीनको अवस्था गम्भीर

काभ्रेपलाञ्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।  

प्रहरीका अनुसार दुर्घटनामा परेको बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो। बसमा २४ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका १६ जनामध्ये तीन जनाको टाउकोमा गम्भीर चोट लागेको छ। उनीहरूको धुलिखेल अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्न बाकी रहेको प्रहरी कायालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण भने खुल्न सकेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

प्रकाशित: २९ जेष्ठ २०८३ १६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App