५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

संविधानको मर्म अनुसार सार्थक सम्वाद थाल्न राष्ट्रपतिलाई एमालेको आग्रह

नेकपा एमालेले संविधानको मर्म अनुरुप सार्थक सम्वाद सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ ।  

मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिनका राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको हो ।  

एमाले महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद थाल्न आग्रह गरे ।

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ । यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं ।’

जेनजीहरूको प्रदर्शनका क्रममा आगजनी, लुटपाट र तोडफोड जस्ता घटनाहरूमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको एमालेले दाबी गरेको छ ।

एमालेले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

प्रकाशित: २६ भाद्र २०८२ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App