२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु

कपिलवस्तुमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ। बिहीबार साँझ कपिलवस्तु नगरपालिका-१० स्थित बिकुली खोलामा नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय, पिपराका अनुसार मृत्यु हुनेमा बाणगंगा नगरपालिका-५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरी रहेका छन्।

प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार, पिरा र नगवा गाउँको बीचमा रहेको उक्त खोलामा बिहीबार साँझ करिब साढे ६ बजेतिर उनीहरु नुहाउन गएका थिए। सोही क्रममा डुबेर उनीहरूको ज्यान गएको हो।

घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा दुवै जनाको शव निकालिएको थियो। मृतक दुवै किशोरको शव पोस्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको प्रहरी निरीक्षक जिसीले बताए।

प्रकाशित: १५ श्रावण २०८२ २०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App