२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु

रौतहटमा शनिबार चट्याङ लागेर दुई जना किशोरको मृत्यु भएको छ।

जिल्लाको कटहरिया नगरपालिकामा अविरल वर्षाका बीच सडकमा हिँडिरहेका बेला चट्याङको चपेटमा पर्दा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, गौरका डीएसपी राजु कार्कीका अनुसार मृत्यु हुनेमा कटहरिया नगरपालिका-२, थियाही गाउँका १६ वर्षीय सेराज लहेरी र १७ वर्षीय नवीन यादव रहेका छन्।

शनिबार बिहानैदेखि परेको अविरल वर्षाको समयमा सडकमा हिँडिरहेको अवस्थामा उनीहरूलाई चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको डीएसपी कार्कीले जानकारी दिए।

प्रकाशित: १८ आश्विन २०८२ २०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App