चितवनको खैरहनी नगरपालिका–२ चैनपुरमा बस्दै आएका दुई किशोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १५ वर्षीया निर्मला रानामगर र १४ वर्षीया न्यान्सी बिसुरुवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए।
निर्मला र न्यान्सी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्। उनीहरू भदौ १७ गते मध्यान्ह १२ बजे विद्यालय जान्छु भनि निस्केका थिए। पछि उनीहरू विद्यालय, घर, परिवार, आफन्तको सम्पर्कमा नआएको भन्दै अभिभावकले प्रहरीकोमा उजुरी दिएको प्रवक्ता खनालले जानकारी दिए।
घरबाट निस्कँदा उनीहरू दुवै जनाले स्कुल ड्रेस लगाएको अभिभावकले जानकारी दिएका छन्। उनीहरूलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा आफन्तलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रकाशित: १८ भाद्र २०८२ ०७:५६ बुधबार





