१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पशुपतिमा जलिरहेको शवबाट हड्डी निकाल्ने दुई जनालाई हिरासतमा पठाइयो

फाइल तस्बिर

पशुपतिनाथस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने प्रयासमा संलग्न दुई जनालाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सात दिन म्याद थपको अनुमति दिएको छ।

साउन २३ गते आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा शवबाट हड्डी निकालेर अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको विषयमा विवाद हुँदा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका ती दुई जनालाई प्रशासनले म्याद थप अनुमति दिएको हो।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता कुलदीप चन्दले भने, ‘हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा काभ्रे मण्डनदेउपुर–५ घर भई पशुपतिस्थित गौरीघाट बस्ने ६१ वर्षीय गणेशप्रसाद ढकाल (जीवनाथ ढकाल) र उदयपुर कटारी–८ घर भई काठमाडौँ गोठाटार बस्ने २४ वर्षीय विनायक मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।’

प्रहरीले नियन्त्रणमा लिइएका दुवै जनालाई अभद्र व्यवहार नगर्नुपर्ने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ। रासस

प्रकाशित: २६ श्रावण २०८२ २१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App