२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

इलामको पहिरोमा फसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार

बाढी पहिरोको जोखिम परेकाहरुलाई नेपाली सेनाले सक्रियतापूर्वक उद्धार गरेको छ । सेनाले आफ्नो हेलिकप्टरमार्फत इलामका विभिन्न ठाउँबाट पीडितहरुको उद्धार गरेको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. १ पातीगाउँ, इलाम नगरपालिका–६ गुम्बाडाँडा र मानेभज्याङ्ग इलाकामा पहिरोले क्षति पुर्‍याएका ठाउँमा खोज तथा उद्धारमा नेपाली सेना परिचालन भएको थियो ।  

सेनाले माङसेबुङ–१ पातीगाउँबाट गम्भिर घाइते दुई जना (एक पुरुष र एक गर्भवती)लाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारको लागि धरान र इटहरी लगेको थियो । 

प्रकाशित: १९ आश्विन २०८२ १५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App