१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंका दुई स्थानमा दुई जना मृत फेला

काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार लाजिम्पाट र टोखामा एक पुरुष र एक महिलाको शव फेला परेको हो।

काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित निल सरस्वतीथान नजिकै रहेको टिनको टहरामा काभ्रेको तेमाल गाउँपालिका-५ घर भएका ४८ वर्षीय भीमबहादुर लामा मृत अवस्थामा भेटिएका छन्।

उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यसैगरी, टोखा नगरपालिका-३, भत्केको पुलस्थित डेरामा बस्दै आएकी गोरखा भिमसेनथापा गाउँपालिका-३ निवासी २१ वर्षीया अरूणा अमगाई पनि मृत अवस्थामा फेला परेकी छिन्।

उनको पनि मृत्युको कारण पनि खुल्न सकेको छैन।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। शव पोष्टमार्टमका लागि पठाइएको र रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ।

प्रकाशित: २२ कार्तिक २०८२ १८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App