१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ। रूपन्देहीको भैरहवा-परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेको नायब उपरीक्षक कार्कीले बताए।

आज बिहान ६ बजेतिर परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो।

गम्भीर घाइते भएका सो मोटरसाइकलमा सवार दुवै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पुर्‍याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालक नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, दरखस्वामा एकजनाको शव पानीमा अर्ध डुबेको अवस्थामा फेला परेको छ।

आज करिब सवा ८ बजे स्थानीय बासिन्दाले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले बताए।

हालसम्म मृतको नाम, थर र ठेगाना खुल्न सकेको छैन। घटनाको प्रकृति, मृत्युको कारण र मृतक महिलाको पहिचान पत्ता लगाउन थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट विशेषज्ञ टोली खटिएको कार्कीले बताए।

प्रकाशित: २९ मंसिर २०८२ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App