३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन्।  

बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन्।

बस्यालको हिजो (बुधबार) र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।

उनीहरू मंगलबार नयाँ वर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनीहरूको स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बुधबार नेपालगञ्जबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरी शव फेला पारेको प्रनाउ चौधरीले बताए।

बस्याल चन्द्र मावि चापपानीमा प्राविधिक शिक्षातर्फ शिक्षक हुन् भने भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए। मृतक दुवै एउटै टोलका भएकाले चापपानी, झिरभञ्ज्याङ गाउँ अहिले शोकमा डुबेको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३ वैशाख २०८३ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App