२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्री गुरुङसँग कोरियाका राजदूत योङको शिष्‍टाचार भेट

गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि कोरियाका राजदूतपार्क ताय योङले शिष्टाचार भेट गरेका छन् । गृहमन्त्रालयमा बिहीबार भएको भेटमा राजदूत योङले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।  

भेटमा नेपाल–कोरियाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्‍याउँदै आएको निरन्तर सहयोग तथा आगामी दिनमा दुईपक्षीय सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको थियो ।  

गृहमन्त्री गुरुङले कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका विषयमा कोरिया सरकारले लिएको सकारात्मक नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरेका छन् ।  

राजदूत योङले नेपालीहरू अनुशासित एवम् मेहनती रहेको र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गरेका छन् ।  

भेटका क्रममा गृहमन्त्री गुरुङले कोरिया सरकारको सहयोगमा साइबर व्यूरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने कार्य अन्तिम चरणमा रहेको भन्दै कोरिया सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । 

प्रकाशित: ३ वैशाख २०८३ १६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App