सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना१ घ५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स ९ प ७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र ठेगाना नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएकोमा चिकित्सकले बिहान १०ः२५ बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि ट्रक चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई कार्यालयमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १२:२६ बिहीबार


-600x400.jpg)


