२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन। लु प्र ०२००१ प ११०२ नं को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको जनाइएको छ।

आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ माघ २०८२ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App