१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङमा सामान बोकेको गाडी दुर्घटना, दुई जना घाइते

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बुदिनमा सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको छ।

फिदिमबाट मेहेले–सुरुमखिम हुँदै खेवाङतर्फ जाँदै गरेको को.१ ज २३१४ नम्बरको सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा परी सवारी धनी र सवारी चालक गरी दुई जना घाइते भएको स्थानीय ओमेन्सा राईले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयले दुर्घटनामा परी घाइते हुनेको नाम, थर र वतन तथा उनीहरूको अवस्थाबारे थाहा नभएको जनाएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: १६ कार्तिक २०८३ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App