१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

घाइते चालक मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ बस्ने २४ वर्षीय कुमार शेर्पाको बाहिरी चोट नदेखिए पनि तत्काल बोल्न नसक्ने र अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए। 

घाइते चालकलाई उपचारका लागि तापेथोकबाट जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ। 

प्रहरी निरीक्षक यादवका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ५ हेल्लोक सिरुवारीबाट पार्वती मावि हेल्लोकतर्फ गइरहेको मे.१ त ७१८४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक देखि करिब एक सय मिटर तल खसेको थियो।

प्रकाशित: १६ कार्तिक २०८३ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App