भूमि व्यवस्था मन्त्रालयले २१ जना प्रमुख नापी अधिकृत (उपसचिव सरह) तथा दुई जना प्रमुख मालपोत अधिकृत (उपसचिव सरह)का कर्मचारीहरूको गुपचुप सरुवा गरेको छ । सरुवाको सूची मन्त्रालयले अझैसम्म वेइवसाइडमा राखेको छैन । सरुवाको विषयमा मन्त्रालयका उच्च कर्मचारीहरू औपचारिक रूपमा केही बोल्न चाहदैनन ।
मन्त्रालयका एक सहसचिवले दिएको जानकारी अनुसार भक्तपुरका प्रमुख नापी अधिकृत प्रदीप सापकोटालाई नापी विभागमा लगिएको छ भने उनको ठाउँमा पाल्पास्थित विशेष नापी कार्यालयमा कार्यरत पूर्ण पाण्डेलाई ल्याइएको छ । यसैगरी ललितपुरमा नापी विभागमा कार्यरत अजित कुवरलाई नापी कार्यालय लतितपुरमा लगिएको छ भने ललितपुर नापीमा कार्यरत रमेश ज्ञवालीलाई नापी विभाग लगिएको छ ।
लतिलपुर र भक्तपुरका प्रमुख नापी अधिकृतकोलागि आकर्षक कार्यालय मानिन्छ । त्यहाँ जान प्रमुख नापी अधिकृतहरू मरिहत्ते गर्छन । यसैगरी अन्य आकर्षक कार्यालय मानिने नापी कार्यालय चाबहिलमा सञ्जय छतकुली, तथा नापी कार्यालय कलकींमा सुदिप श्रेष्ठलाई सरुवा गरिएको छ ।
यसैगरी केशव लेखकलाई नापी कार्यालय कलकींबाट नापी कार्यालय धनगढी, ज्ञानेन्द्र वीष्टलाई नापी कार्यालय चाबहिलबाट नापी कार्यालय नेपालगञ्ज, सुनिल आनन्दलाई नापी कार्यालय भद्रपुरबाट नापी विभाग, शत्रुघन प्रसाद यादवलाई दमकबाट सुनसरी इनरुवा, हरेराम यादवलाई इनरुवाबाट नापी विभाग, खिमबहादुर राणालाई हेटौडाबाट नापी विभाग, जनकबहादुर भण्डारीलाई कपिलबस्तुबाट नापी विभाग, जनक भट्टलाई धनगढीबाट महेन्द्रनगर, किसनसिंह विष्टलाई महेन्द्रनगरबाट नवलपरासी बर्दघाट, सञ्जय मानन्धरलाई सर्लाहीबाट भूमि व्यवस्थापन प्रतिशक्षण केन्द्र धुलिखेल, टंकप्रसाद दाहाललाई नापी विभागबाट भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेल, सुदर्शन धामीलाई नापी विभागबाट बेलवारी मोरङ, शिव लम्साललाई नापी विभागबाट झापा चन्द्रगढी लगिएको छ ।
यसैगरी खिमलाल गौतमलाई नापी विभाग मिनभवनमा लगेर कार्ज फिर्ता गरिएको छ भने निशा अधिकारलाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र जावलाखेलबाट नापी विभागमा पदस्थापन गरिएको छ ।
यसैगरी प्रमुख नापी अधिकृत रमेशप्रसाद गौतमलाई चितवनबाट महोत्तरी तथा चिरञ्जीवि पौडेललाई चन्द्रनिगाहापुर रौतहटबाट भरतपुर चितवन लगिएको छ ।
मन्त्रालय स्रोतका अनुसार गत भदौ २४ गते नै केही प्रमुख नापी अधिकृत तथा प्रमुख मालपोत अधिकृतहरूको सरुवा गर्ने तयारी थियो । त्यसकोलागि फायल समेत उठिसकेको थियो । त्यो फायलमा मन्त्रालयका सचिवबाट सदर हुन नपाउदै जेनजी आन्दोलनले सरुवा रोकिएको थियो । त्यतिबेला तयार गरिएको सरुवा प्रस्तावमा अहिले केही फेरबदल गरिएको छ । यसपटक कार्यविधि बनाएर सरुवा गरिएको मन्त्रालयका एक उच्च कर्मचारीले बताए ।
उनका अनुसार यसपटक गरिएको सरुवामा कहिले काठमाडौ उपत्यका नआएका कर्मचारीलाई काठमाडौं ल्याइएको छ भने उपत्यकामा कार्यरत कर्मचारीलाई नापी विभाग तथा उपत्यका बाहिर लगिएको छ ।
प्रकाशित: १९ कार्तिक २०८२ १४:१२ बुधबार





