२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

गोसाइँकुण्डमा १२ पदयात्रीको उद्धार, चारको खोजी जारी

रसुवा जिल्लाको गोसाइकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ।  

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाइकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुबेसी ल्याइएको छ। उनीहरूको खोजी र उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालित गरिएको थियो।  

बेपत्ता भएका अन्य चार जनाको ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजी कार्य गरिरहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: २० आश्विन २०८२ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App