२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

इलाममा गोलिया बोकेको ट्रक सडकबाट १०० मिटर तल खस्यो, चालक सकुशल

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेचिराजमार्गमा गोलिया लोड गरिएको ट्रक दुर्घटनामा परेको छ।

आज अपराह्न करिब ३:५० बजे इलामबाट झापातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३८७३ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) उत्तमबहादुर भुजेलको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। ट्रक चालक झापा जिल्ला, मेचीनगर नगरपालिका–१३ निवासी ३६ वर्षीय प्रकाश तिम्सिना सकुशल छन्।

दुर्घटनाको कारण क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रकाशित: १५ असार २०८३ १६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App