११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

मनाङको हिमलुङ हिमाल बेसक्याम्पमा दुई श’व फेला

मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको बेसक्याम्प क्षेत्रमा खसेको हिमपहिरोमा परी सम्पर्कविहीन भएका मध्य दुव जनाको शव फेला परेको छ।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार तथा खोजी कार्य अहिले पनि जारी रहेको छ।

नार्पाभूमि गाउँपालिका-५, फू मा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमाल आरोहण गर्न आएका विदेशी पर्यटकका लागि बाटो र क्याम्प तयारी गर्न गएका टोली हिमपहिरोमा परेको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन सारु मगरका अनुसार समुद्री सतहदेखि करिब ५ हजार मिटर उचाइमा रहेको बेसक्याम्प क्षेत्रमा उनीहरू हिमपहिरोको चपेटामा परेका हुन्।

विदेशी आरोहीहरूको पूर्वतयारीका लागि दुईवटा समूहमा गरी कुल २८ जना नेपाली सहयोगी त्यहाँ पुगेका थिए।

प्रकाशित: ११ आश्विन २०८३ १९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App