१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

त्रिशूली-३ ‘ए’ : सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एकको अवस्था जटिल

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ।  

​जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबीर महर्जन हुन्। उनलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

​यस्तै, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य अवस्था स्थिर देखिएता पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ।  

​नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी,  सशस्त्र प्रहरी बल र अन्य विज्ञहरूको संयुक्त टोलीले आज बिहानै उनीहरूको उद्धार गरेको हो।  

आयोजनाभित्र मानिसहरू फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो।

प्रकाशित: १९ भाद्र २०८३ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App