२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ।  

श्रेष्ठका बुवा कुलबहादुर श्रेष्ठको आज बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि दम, मधुमेह र मुटुसम्बन्धी रोगको समस्या झेल्दै आएका श्रेष्ठको स्वास्थ्यमा असहजता भएपछि आज बिहान उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको थियो।  

लामो समय न्याय सेवामा बिताएका स्वर्गीय श्रेष्ठ न्यायाधीशबाट सेवानिवृत्त भएका थिए।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैन । श्रेष्ठका श्रीमती, तीन छोरी र तीन छोरा छन् ।  

 

प्रकाशित: १६ मंसिर २०८२ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App