२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

 विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः ०० बजेसम्म नखुल्ने भएको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन्। यसअघि आज मध्याह्न १२ः ०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो।

प्रकाशित: २५ भाद्र २०८२ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App