२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

त्रिभूवन विमानस्थल जेठ ४ गतेसम्म राति झण्डै ७ घण्टा बन्द हुने

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल राति बन्द हुने भएको छ। 

विमानस्थल सुधार आयोजनाबाट धावनमार्ग नजिकै विभिन्न निर्माण कार्य हुने भएकाले राति पौने १२ देखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको छ। 

कार्यालयले नोटाम जारी गर्दै आज (सोमबार) रातिदेखि जेठ ४ गतेसम्म दैनिक बन्द हुने भएपछि उडान अवधि कटौती गरेको जनाएको छ। यसअघि विमानस्थल राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो।

प्रकाशित: ७ वैशाख २०८३ १९:०९ सोमबार