१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ट्रेकिङ गाइड १८ जना महिलाले चढे पाल्दोर हिमाल

हिमाल आरोही तथा ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएका किपा शेर्पा, फुर्दिकी शेर्पालगायत १८ जना नेपाली महिलाले पाल्दोर हिमाल सफलतापूर्वक आोहरण गरेका छन् ।  उनीहरूले २२ डिसेम्बर २०२५ को दिउँसो एक  बजेर ५ मिनेटमा पाल्दोर हिमाल सफलतापूर्वक आरोहण गरेका हुन् ।  

काठमाडौंबाट पाल्दोर हिमालको यात्रा सुरु गरेको पाँच दिनमै उनीहरुले आरोहण गर्ने सफल भएका हुन् । माउन्टेन लिडरसीप र आरोहणका कला र सीप सिक्दै पाँच हजार ८९६ मिटर अग्लो पाल्दोर हिमाल आरोहण गरेका हुन् ।  

आरोहणमा सम्लग्न किपाका अनुसार आफूहरुको हिमाल आरोहण गर्ने उत्साह, जोश, सामुहिक भावना, दृढता र एकताबद्ध प्रयासले सम्भव हो । उनका अनुसार ५,८९६ मिटर उचाइको पाल्दोर हिमालको  शिखर चुम्न सफलता मिलेको हो । पर्वतारोहण क्षेत्रमा नेपाली महिलाहरूको सामूहिक आरोहणको यो पहिलो प्रयास पनि हो ।  

आत्मबिश्वास र दृढ संकल्पले गर्दा नै निर्धारित समय अगावै  मिसन सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको सफल आरोही किपा शेर्पाले हामीलाई हिमाल आरोहण गरेर फर्कीदा पाल्दोर हिमालको आधार शिविरबाट फोन गरेर जानकारी गराउनु भएको हो । महिलाहरूले पनि हिमाल आरोहणका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने आत्मविश्वास विकास गराउन र उनीहरूको आरोहण तथा गाइड गर्ने सीप र क्षमता विकास गराउनका लागि उनीहरूलाई यो तालिमको आयोजना गरिएको आयोजक संस्थाले बताएका छन् ।

लिरुङहिम श्रृङ्खलामा पर्ने गोरखा जिल्लामा अवस्थित पाल्दोर हिमाल  मनास्लु, लाङटाङ हिमालुँगैको क्षेत्रमा पर्दछ । पाल्दोर हिमालको आरोहणमा आफूहरुले ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने सीप क्षमता बिकाशसँगै त्यस्ता आरोहणमा कसरी नयाँ आरोहीहरुलाई गाईड गर्न सकिन्छ भन्न ज्ञान समेत हासिल गरेको बताइको छ ।

फुरा दिकी शेर्पाको नेतृत्वमा आरोहणमा गएको टोलीका सदस्यह सगरमाथा आरोही, ट्रेकिङ गाइड, मनास्लु, मकालुजस्ता हिमाल आरोहण गरिसकेका व्यावसायिक महिलाहरुको समूह हो । यस पछि आउने सिजनमान उनीहरु मध्ये केहीले सगरमाथा, केहीले मनास्लु, कसैले मकालु त कसैले चोयु, लोत्से र अन्नपूर्ण हिमाल आरोहण गर्ने योजना समेत बनाएको बताएका छन् ।

प्रकाशित: १२ पुस २०८२ १५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App