१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

इम्बोस्ड नम्बर जडान गर्ने सरकारको निर्णय यातायात व्यवासायीले नमान्ने

नयाँ बसपार्क । फाइल तस्बिर

सवारी साधनमा असोज एक गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने सरकारको निर्णयलाई यातायात व्यावासायीहरूले नमान्ने भएका छन् । सार्वजनिक यातायात कन्द्रीय महासंघ नेपालले सरकारको यो निर्णय अविस्कार गर्ने  घोषणा गरेको छ ।  

सरकारले जबरजस्ती इम्बोस्ड प्लेट जडान गर्न खोजे विरोध हुने र त्यसपछि हुने थप गतिविधि प्रति स्वयम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मेवार हुने महासंघले चेतावनी पनि दिएको छ ।  

महासंघका महासचिव भरत नेपालले सोमबार विज्ञप्ति निकाल्दै इम्बोस्ड नम्बर जडान गर्ने सरकारको निर्णयमा संशोधन र सुधार नगरेसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेका छन् ।  

No description available.

‘सरोकार पक्षबीचको छलफल संम्वादका क्रममा देखिएका अव्यवहारिक विषयको संशोधन र सुधार नभइ सार्वजनिक, पर्यटन,  ढुवानी, निजीलगायत सबै यातायात क्षेत्रको तर्फबाट इम्बोस्ड नम्बर प्लेट जडान नगर्न अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको  यातायात व्यवस्था विभागले गत भदौ ३ गते निकालेको सूचनामा नेपालको पान्डु लिपी नेपाली भाषा नै लोभ हुने,  राष्ट्रिय स्वाभिमान र राष्ट्रमाथि नै आँच आउने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजिएको यातायात व्यवासायीको भनाइ छ । भदौ ३ गते विभागबाट जारी गरिएको सूचनामा आगामि असोज १ गतेदेखि सार्वजनिक, पर्यटन र ढुवानी यातायातका सवारी साधनमासमेत अनिवार्य जडान गर्न परिपत्र गरिएको छ । 

May be an image of text that says 'नेपाल सरकार भौतिक पूर्वाधाटयभि्यातायात पूर्वाधार यातायात मन्त्रालय यातायात विभाग महसिभतनका गातायात व्यवर्थाड इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने सम्बन्धी सूचना अध्यक्षतामा प्रदेश बैठकको सरकार मातहतका गतेदेखि सवारी यातायात व्यवस्था दर्ता, मिति २०८२।०४/२० मा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको बसेको विषयगत समितिको निर्णयानुसार सबै कार्यालयहरुबाट २०८२ असोज नवीकरण गर्दा अनिवार्यरपमा इम्बोस्ड नम्बर भएकोले सबै सवारीधनीहरुले यथाशीघ्र कार्यालयहरूमा गई High Security Embossed Number Plate जडान गनुहुन यसै सूचना मा्फत जानकारी गराईन्छ /2 यातायात व्यवस्था विभाग नामसारी प्लेट जडान गनूपर्ने यातायात सम्बन्धित'

यो सूचनाप्रति यातायता व्यावसायीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।  

मुलुकमा कुनै पुर्वाधार बिनै सम्पन्न देशको प्रविधि भित्र्याई आम नागरिक सिंगो व्यवसाय क्षेत्रमाथि  थप आर्थिक व्ययभार  हुने गरी विदेशी ठेकेदार कम्पनीसँगको  सहकार्यमा सरकारी पक्षबाट एक पक्षीय रुपमा निर्णय गरिएको  व्यवसायीको आरोप छ ।

सरकारको यस्तो निर्णयबाट सुरक्षाका कारण झन खतरा,  नेपालीको गोपनीयता सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने, राष्ट्र नै कमजोर हुने यातायातलगायतका समस्या रहेको व्यवसायीको भनाइ छ ।  

यातायात व्यवसाय क्षेत्रमा जडान गर्न अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेट हरेक कोणबाट तत्काल व्यवासायीको हित विपरित र व्यवहारिक नभएको भन्दै  सार्वजनिक, पर्यटन, ढुवानी र निजी नम्बर प्लेटका  सवारी साधनहरुमा समेत अनिवार्य गर्न खोजिएको निर्णय प्रति गम्भिर हुन यातायत व्यवासायीले  नागरिक समाज, सञ्चार,  कानून व्यवसायी तथा सबै यातायात क्षेत्रलाई अनुरोध गरेका छन् ।

प्रकाशित: ९ भाद्र २०८२ १९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App