२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको  वीरगन्ज  कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

बिहीबार बिहान ७ः४५ बजेतिर कारागारको पर्खाल नाघेर उनी फरार भएको पर्सा प्रहरी प्रमुख एसपी पवान भट्टराईले बताएका छन्।

फरार भएका कैदी पोखरिया नगरपालिका सतवरियाका सुनिल साह रहेको भट्टराईले बताए। १४ वर्ष कैद सजाय पाएका साहले अब दुई वर्ष मात्रै कैद भुक्तान गर्न बाँकी थियो।

कारागारका कर्मचारी तथा सुरक्षाकर्मीको विश्वासपात्र रहेका उनी बिहान सरसफाइ गर्ने क्रममा फरार भएको र उनको खोजी गर्न  तालिमप्राप्त कुकुरसहित एसपी भट्टराई आफै खटिएका छन्।

फरार कैदीलाई खोज्नको लागि वीरगन्जमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App