लगातारको वर्षाका कारण जोखिम बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी किनारका सडकको आवतजावतमा रोक लगाएको छ। शनिबार साँझ एक सूचना जारी गर्दै प्राधिकरणले शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्मका लागि काठमाडौं उपत्यकाका करिडोरका सडकमा सवारी साधन चलाउन रोक लगाएको हो।
सूचनामा लगातार वर्षा भइरहेको र वर्षा अझै बढ्नसक्ने देखिएकाले नदी तथा खोलाको तह बढ्ने र त्यसले डुबान, कटान पनि बढाउने भएकाले जोखिम हुनसक्ने भनिएको छ।
प्रकाशित: १८ आश्विन २०८२ १७:२२ शनिबार


-600x400.jpg)


