२६ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्।आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन्।

हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा रहेका स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले बताए।

कतिपयलाई आज बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरले उद्धार गरिरहेको उनले जानकारी दिए।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा बढी पर्यटक छन्।

कतै पनि जान नपाएपछि पर्यटकहरू आत्तिएका छेकम्पारका होटल व्यवसायी दोर्जे लामाले बताए।

‘कतै हिँडडुल गर्न पाएका छैनन्। कसैको भिसा सकिन लाग्यो भनेर आत्तिएका छन्। कोही नाकाबन्दी भयो भनेर आत्तिएका छन्’, उनले भने।

यो परिस्थितिमा पर्यटकलाई उद्धार गर्न हेलिकप्टरले उडान अनुमति लिइरहनु नपर्ने निर्णय सरकारले गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए।

‘पर्यटकहरूलाई इमर्जेन्सी भए उनीहरूकै कम्पनीले उद्धार गर्न सक्छ। नत्र सरकारले आफ्नै कार्यसूचीअनुसार उद्धार गर्छ’, उनले भने।

अहिले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेकाहरूको उद्धार कार्यलाई प्राथमिकता दिइएको उनको भनाइ छ। 

प्रकाशित: २६ आश्विन २०८३ १६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App