२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा पर्यटक अलपत्र

फाइल तस्बिर

पहिराले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।    

सडक अवरुद्ध भएपछि सिकार आरक्षण  ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका हुन्। सोमबार साँझ पहिराले अवरुद्ध बनेको सडक अहिलेसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतले जानकारी दिए। पहिरो धेरै ठूलो हुँदा सडक खुलाउन समय लाग्ने उनको भनाइ छ।

यो बाहेक अरु वैकल्पिक सडक नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बस्नेतले बताएका छन्। साँझ नै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकिएको उनको भनाई छ। बिहानैदेखि सडक खुलाउन उपकरण प्रयोग गरेको उनको भनाइ छ।

पहिरो धेरै ठूलो गएको हुँदा सडक खुलाउन समस्या भएको छ, बिहानदेखि नै मेसिन प्रयोग गरिएको छ, अझै समय लाग्ने देखिन्छ, सडक अवरुद्ध हुँदा सबैभन्दा बढी पर्यटक समस्यामा परेका छन्। उनले भने, 'आवतजावत गर्नका लागि अरु वैकल्पिक सडक नहुँदा गाह्रो भयो।' मौसम र सडकको अवस्था बुझेरमात्र ढोरपाटन घुम्न आउन पर्यटक प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: १७ भाद्र २०८२ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App