काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ । गड्याङगुडुङसहित परेको मुसलधारे वर्षाले यहाँको जनजीवन प्रभावित बनाएको छ ।
लामो समयपछि परेको ठूलो पानीले सडक जलमग्न देखिएका छन् ।
बुटबल, चितवनलगायतका धेरै स्थानमा हावाहुरीसहितको वर्षा जारी रहेका बेला काठमाडौंमा पनि उस्तै पानी परेको छ ।
बाहिर मौसम अध्यारो बनेको छ ।
पछिल्लो समय चट्याङ, हुरीबतास, अतिवृष्टि र खण्डवृष्टिको क्रम बढेको छ।
यसले बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपका घटना थपिएका विभिन्न अध्ययनले देखाएका छन्। यस्ता प्राकृतिक घटना बढ्न थालेपछि नेपाल प्रहरीले सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषतः ग्रामीण तथा पहाडी क्षेत्रहरूमा जनधनको क्षति हुन सक्ने जोखिम उच्च देखिएकोले समयमै सचेत रहनुपर्ने आवश्यकता औँल्याइएको छ।
प्रकाशित: ६ चैत्र २०८२ १६:०३ शुक्रबार





