आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो।
आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरूलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरूको मानव अधिकारको पूर्ण उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न मुलुकमा आतङ्कवादका पीडितहरूको सम्झना एवं श्रद्धाञ्जलीसभा आयोजना गरेर यो दिवस मनाइन्छ।
घृणित विचारधारा फैलाउने आतङ्कवादी गतिविधिबाट हरेक वर्ष हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका छन्। आतङ्कवादको अन्तर्राष्ट्रिस्तरमा निन्दा भए पनि यसबाट पीडितहरूले न्याय प्राप्तिका निम्ति संघर्ष गरिरहेका छन्।
प्रकाशित: ५ भाद्र २०८२ ०८:४८ बिहीबार





