८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

मुस्ताङमा लेक लागेर तिर्थालुको मृत्यु

फाइल।

मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ।

मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए।

उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो। लामाको आज मृत्यु भएको हो।

प्रकाशित: १० कार्तिक २०८२ १६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App