सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको छ । मधुवन नगरपालिका–१ स्थित सोमलपुर सामुदायिक वन र भलुनी भतुवा सामुदायिक वनको सिमानामा बिहीबार मृत अवस्थामा पाटे बाघ फेला परेको हो ।
भाले बयस्क पाटे बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका सुचना अधिकारी शिव बहादुर केसीले बताए । ‘मुचुल्का उठाउने कार्य भईरहेको छ,’उनले भने,‘पोष्टमार्ट पछि मृत्युको कारण खुल्नेछ ।’
प्रकाशित: ३१ वैशाख २०८३ १०:५७ बिहीबार





