८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

बस्तीमा पल्केको पाटे बाघ नियन्त्रणमा

समस्याग्रस्त वयस्क पाटे बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ। गेरुवा गाउँपालिका–४ स्थितबाट पाटे बाघलाई सोमबार बिहान निकुञ्जले नियन्त्रणमा लिएको हो।

उक्त बाघले केही समय देखि बस्तीमा पसेर घर पालुवा पशु चौपायालाई आक्रमण गरिरहेको थियो। बस्तीमा पल्केको बाघले निरन्तर पशु चौपायालाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका थिए।

अन्दाजी ७ वर्षको भाले बाघ नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए।

‘पशु चौपायालाई आक्रमण गर्ने बाघले थप क्षति नगरोस् भन्ने उद्देश्यले नियन्त्रणमा लिइएको छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक कुमार रामले भने,‘नियन्त्रणमा लिइएको पाटे बाघलाई रम्मापुर सेक्टरमा राखिएको छ।’

निकुञ्जले यही भदौ २ गते गेरुवा गाउँपालिका–४ स्थितबाट एउटा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा लिएको थियो। हालसम्म ७ वटा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा लिई उद्धार केन्द्रमा राखिएको निकुञ्जले जनाएको छ।

समस्याग्रस्त बाघ नियन्त्रणको लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो।

प्रकाशित: ८ भाद्र २०८३ १८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App